स्वास्थ्य बिमा गरेका बिरामीप्रति अस्पतालको बेवास्ता, प्राथमिक उपचार नगरी रिफर गर्न नपाइने

स्वास्थ्य बिमामा आवद्ध भएका बिरामीहरुको उपचारमा अस्पतालहरूले बेवास्ता गर्ने गरेको पाइएको छ । बिरामीको प्राथमिक उपचार नै नगरी अन्यन्त्र (अर्को अस्पताल) रिफर गर्ने, उपचारमा बिरामीलाई प्राथमिकता नदिनेलगायत बेवास्ता गरेको स्वास्थ्य बिमा बोर्डले फेला पारेको छ ।