चीनमा कोभिड–१९ बाट आठ महिनापछि पहिलोपटक मानिसको ज्यान गएको जानकारी चीनले बिहीवार दिएको छ ।
त्यहाँ कोरोनाका केसहरू फेरि देखिन थालेपछि कठोर लकडाउन लगाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोली चीनमा कोरोनाको उद्गम पत्ता लगाउन पुगेको छ ।
देशको उत्तरी भागमा दुई करोडभन्दा बढी मानिस लकडाउनमा बसिरहेका छन् र एक प्रान्तले संकटकाल घोषणा गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
चीनले कठोर लकडाउन तथा व्यापक परीक्षणमार्फत महामारीलाई नियन्त्रण गरेको थियो । तर बिहीवार...