गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए । माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले त्यसका लागि कार्यविधिहरू बनिरहेको बताए । नगरपालिकाभित्र ५९२ कृषि मिटर रहेको छ । अझै जडान गर्ने काम भइरहेकाले मिटरको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए । &