महामारीमा स्वदेश फर्किँदा : लालाबाला सहित खुल्ला आकासको बास

विराटनगर : बिहानको समय। सिमसिमे वर्षा। विराटनगर बसपार्कको प्रदुषण। टर्मीनल छेवैको एउटा कुनामा ओत लागेर बसेका सुर्खेतका शेरबहादुर विश्वकर्माका दम्पत्ति सहित चार छोराछोरी। एउटा नानी आमाको काखमा। अर्को  चिसो भुइँमा पानीको बोतल टोक्दै गरेका। अलिक हुर्किएका नानीहरु बा ले पसलबाट केही ल्याउलान् र खाउँला भन्दै आशा भरिएका आँखा डुलाइरहेका छन्।परिवारसहित रोजीरोटीका लागि भारत पुगेका सुर्खेत चौकुनेका ४५ वर्षीय शेरबहादुर तीन दिन लामो यात्रापछि शुक्रबार बिहान नेपाल–भारत सीमानाका जोगबनी आइप