पछिल्लो समयमा उद्योग व्यवसाय क्षेत्र ठप्प भएकाले यसको चलायमान गराउन र पाल्पाको पर्यटकीय विकास गर्न भन्दै बिहीबारदेखि तानसेन टुँडिखेलमा ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरे । उनले सुन्दर नगरी तानसेन र वरपरका क्षेत्रको पर्यटकीय विकासका साथै पछिल्लो समय सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सफल हुने बताए ।
काठमाडौं, १० बैशाख । काठमाडौंमा पाल्पा महोत्सव आयोजना गरिएको छ। पाल्पामा जन्मिएर काठमाडौंमा विभिन्न क्षेत्रमा कार्यरत पाल्पालीहरुको संस्था पाल्पाली संगमले हिजो (शनिबार) पाल्पाली महोत्वसको आयोजना गरेको हो। उक्त महोत्सवमा विश्वका नेपाली तथा विदेशीहरुबीच पाल्पाली परिकार चुकाउनी निःशुल्क रुपमा खुवाएको आयोजकले जनाएको छ।
शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘पाल्पा महोत्सव’ हुने भएको छ । पाल्पा घर भएर काठमाडौंमा बस्नेबीच भेटघाट र अन्य जिल्लावासीलाई पाल्पा चिनाउने र पठाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक पाल्पाली संगमले जनाएको छ ।
काठमाडौँ, ५ वैशाख । विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ । यही बैशाख ९ गते शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर […]
पाल्पा : पाल्पा व्यापार संघले दमकडामा आयोजना गरेको ‘पाल्पा महोत्सव’ सकिएको छ। जिल्ला सदरमुकाम तानसेनस्थित मदनपोखराको दमकडामा फागुन १ देखि ११ सम्म सञ्चालन भएको महोत्सव आइतबार सकिएको हो।
महोत्सवको अन्तिम दिनसम्म एक लाख १० हजार दर्शकले अवलोकन गरेका छन्। संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको म...
आगामी फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ हुने भएको छ। आयोजक पाल्पा उद्योग वाणिज्य संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।