शासकीय स्वरुप परिवर्तनमा हतारिने हैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो- “शासकीय स्वरुप परिवर्तमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ” । मंसिर ४ गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा शासकीय स्वरुप बदल्नुपर्ने भन्दै केहीले प्रत्यक्ष निर्वाचित …