दाङ : प्रहरीले आर्थिक वर्ष २०७६ देखि चालु आर्थिक वर्षको हालसम्म करिब ३०० जनालाई लाुऔषध मुद्दामा पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६\७७ मा ३४ वटा मुद्दा दर्ता भएकोमा ६५ पुरुष र ८ महिला गरी ७३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार ९५ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर, ५ किलो २५२ ग्राम अफिम, ११ किलो ३०० ग्राम चरेस, २ किलो ५८० ग्राम गाँजा र चार हजार ९५७ वटा ट्याब्लेट बरामद भएको थियो।