शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आ