स्थायी राजधानीको विस्तृत परियोजना विवरण (डीपीआर) तयार नहुँदै लुम्बिनी प्रदेश सरकारले राजधानीको स्थायी संरचना निर्माण गर्न थप ३ अर्ब रकम माग गरेको छ । चालु आवको प्रदेश सरकारकै बजेट खर्च हुन नसकेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारसँग थप ३ अर्ब रकम माग गर्ने निर्णय गरेको हो ।