काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुन: सुचारु गरेको छ । आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।