२८ वैशाख, काठमाडौं । मंगलबार ६० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस पटक एक शिविरबाट अर्को शिविरमा जान दिइएको छैन । सोहीकारण संख्या यकिन गर्न सकिएको छैन । ‘६० भन्दा बढीले चुचुरो चुमेका छन्,’ उनले अनलाइनखबरसँग भने, ‘शेर्पा सहयोगीसमेत संख्या ठूलो हुन सक्छ […]