गलत मनसाय राखेर कार्यविधि संशोधन नगर्न अनेरास्ववियुको चेतावनी

१२ माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि संशोधन गर्न लागेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आपत्ति जनाएको छ । त्रिवि कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ गत २१ असोज २०८० मा त्रिवि कार्यकारी परिषदबाट संशोधन भएको थियो । संशोधन भएको कार्यविधि कार्यान्वयनका लागि त्रिवि सेवा आयोगमा पठाइएको थियो । […]