आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि ती उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।