काठमाडौं । नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरिएको छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आइतबार आयोजित कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।