काठमाडौं : त्रिभुवन विश्वविद्यालयको करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति पाँच पूर्वउपकुलपतिले आपत्ति जनाएका छन्।सोमबार विज्ञप्ति जारी गरी पाँच पूर्वउपकुलपतिहरूले त्रिभवन विश्वविद्यालय सभाले गरेको उक्त निर्णय दुर्भाग्यपूर्ण र आत्मघाती भएको ठहर गरेका छन्। त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न विज्ञप्तिमा माग गरिएको छ।त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन, केदारभक्त माथेमा र नविनप्रकाशजङ्ग शाहले संयुक्त विज्ञप्ती जारी गरेका हुन