काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नियतमाथि प्रश्न उठाएका छन् ।
वैशाखमा संसदीय चुनाव गर्ने प्रचण्डको प्रस्तावमा बाह्रखरीसँग प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले स्थानीय तह निर्वाचन अनिश्चित गर्ने नियतका साथ त्यस्तो प्रस्ताव गरेको भन्दै नियतमा प्रश्न उठाए...