एक­–दुईवटा गीत चल्दैमा गीतकार भइँदैन : रमेश दाहाल

तीन सय बढी गीतका धनी गीतकार हुन् रमेश दाहाल। २०५२ सालदेखि २२ वर्षकै उमेरमा गीत लेखनमा कलम चलाउन थालेका दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ५, मैनापोखरीका दाहालको २०५७ सालमा पहिलो गीत फेरि तिम्रो सम्झनाले रेकर्ड भयो। दुई गीत संग्रह प्रकाशन, ३२ ओटा विभिन्न गायक तथा गायिकाको एल्बमका लागि गीत रचना तथा गीतसंगीतका विषयमा अनुसन्धानात्मक लेखहरूसमेत […]