यस वर्ष काेरियाले साढे ९ हजार कामदार लैजाने, आवेदन खुल्यो

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो।  शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ। त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछ