चिसो बढेपछि मध्य तराईको जनजीवन कष्टकर

विगत केहि दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि रौतहटसहित मध्य तराईका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ । बाक्लो मात्रामा हुस्सु लागेर चिसो हावासमेत चल्न थालेपछि मध्य तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ । शीतलहरसँगै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालकहरु पनि प्रभावित भएका छन् । बिगत दुई दिन देखि दिनमा तथा रातमा बाक्लो सितलहर चलेका कारण जनजीवन झनै कष्ठकर बनेको छ । चिसोका कारण बजारमा किनमेल गर्ने सर्वसाधारणको संख्या घटेको छ भने चौक चौतारो, बाटोघाटो र सार्वजनिक स्थलमा आगो ताप्नेहरुको संख्या बढेको छ ।

सम्बन्धित सामग्री

शीतलहरले जनजीवन कष्टकर बन्दै

शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण अत्यावश्यक

चिसोका कारण तराईको जनजीवन कष्टकर

जनकपुर : विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण प्रदेश नं २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसो बढेपछि प्रदेश नं २ का विभिन्न तीन जिल्लाका विद्यालयमा बिदा दिइएको छ। चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। विगत तीन दिनदेखि घाम नलाग्ने, चिसो हावा चलेका कारण सर्वसाधारणहरु आगो बालेर दिन बिताउन बाध्य भएका छन्।

सिरहामा शीतलहरका कारण जनजीवन कष्टकर, सडक सुनसान

३, पुस लहान । एक हप्ता अगाडिदेखि अत्याधिक चिसो बढेपछि सिरहा लगायत पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीबन कष्टपूर्ण भएको हो । शीत लहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरुमा विद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ । त्यसैगरी बाक्लो …