मानिसहरू खानपानमा बेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् ।
स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरू लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरूबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ ।
मधुमेह
अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँद...