७५ वर्षीया बलिउड अभिनेत्री सुरेखा सीकरी (दादिसा)को आज निधन भएको छ। हृदयघातका कारण उनको शुक्रवार बिहान निधन भएको सुरेखाका म्यानेजरले बीबीसीसँग बताए।
सुरेखा केही महिनादेखि बिरामी थिइन्। गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो।
टेलिसिरियल ‘बालिका वधु’मा उनले दादीसा (हजुरआमा)को भूमिका निभाएकी थिइन्। जुन भूमिकाबाट उनले निकै चर्चा बटुलेकी थिइन्।…