पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र, निर्माण कम्पनीलाई ताकेता गर्न ध्यानाकर्षण

म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण...

सम्बन्धित सामग्री

काँग्रेसका कान्छारामः देशैभरी काम गोलमाल छोड्ने ‘बदनाम ठेकेदार’

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । निर्माण व्यवसायीसमेत रहेका कान्छाराम अहिले हेलिकप्टर लिएर रामेछाप पुगेका छन् । गठबन्धनमा भागबण्डा गर्दा रामेछाप स्वभाविक रुपमा माओवादी केन्द्रले दाबी गरेको थियो । जनयुद्धको विशेष भूमी भएकाले रामेछाप माओवादीले छोड्न नहुने आवाज उठेको थियो । तर, अन्तिममा कान्छारामले टिकट हत्याए । माओवादी अध्यक्ष प्रचण्डलाई मोटो रकम दिएर कान्छारामले टिकट किनेको आरोप पनि लागेको छ ।बद्नाम ठेकेदारकान्छाराम बद्नाम ठेकेदार हुन् । रामेछापमा समाजसेवाको नाममा एम्बुलेन्स बाँड्ने जस्ता काम गरेको देखाएपनि उनले देशका विभिन्न ठाउँमा ठेक्का लिएका कयौँ योजना अलपत्र छन् । यसको पछिल्लो उदाहरण हो स्याङ्जाको आधिखोलाको पुल ।आठ वर्ष अगाडी ठेक्का पाएको उक्त पुल कान्छाराम कन्ट्रक्शनले नबनाएरै टार्यो । स्थानीय युवाहरुले ‘दारी ग्याङ’ जस्तो प्रचलित फेसबुक ग्रुपमा ठेकेदार हराएको सूचना भन्दै कान्छारामको फोटो नै पोष्ट गरे ।सँगै, सो क्षेत्र भएर गुड्ने सबैजसो गाडीहरुमा उनीहरुले ‘कामचोर ठेकेदार’ भन्दै कान्छारामको फोटो टाँसे । त्यसपछि मात्रै कान्छाराम पुल बनाउन लागे । अझै पनि गाडी गुडेको छैन ।यसैगरी, २०७४ साल चैतमा झापाको धरमपुर–पाँचगाछी सडक कालोपत्रे भएको भोलिपल्टै उक्कियो । हातैले पिच उक्किएको देखेपछि प्राविधिक र जनप्रतिनिधि छक्क परेका थिए ।२०७४ को निर्वाचनमा पनि काँग्रेसबाट प्रतिनिधिसभाकै उम्मेदवार रहेका कान्छाराम आफ्नो निर्माण कम्पनीका कर्तुत लुकाउन बेलाबेलामा रामेछापमा समाजसेवीको रुपमा चर्चामा आउँछन् । तर, उनको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शन भने बद्नाम छ ।यसैबीच, मन्थलीस्थित रामेछाप विमानस्थलमा पार्किङस्थल विस्तारको ठेक्का पनि कान्छारामले पाएका थिए । ८ वटासम्म साना जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाउने काम गत वर्षकै फागुन २ मा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, कान्छारामले कामा नगर्दा काम अहिलेसम्म पूर्ण रुपमा सकिएको छैन ।यसैगरी, बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा जति ताकेता गर्दा पनि ढिलाइ गरेपछि कान्छारामलाई जिल्ला प्रशासन कार्यालय खोटाङले कारबाहीका लागि गृहमा सिफारिस पनि गरेको थियो । त्यस्तै, दाङ, घोराहीको चार लेन सडक विस्तारको काम पटक पटक म्याद थप गर्दा पनि अवस्था उस्तै छ । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम पनि १ वर्षमा सक्नुपर्नेमा ८ वर्षसम्म पूर्ण छैन ।यसैबीच, राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एण्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्शनले पाएको थियो । सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीन पटकसम्म ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि मात्रै उसले बल्लतल्ल त्यो काम सकेको थियो ।यसरी, आफूले ठेक्का लिएका देशैभरका आयोजना अलपत्र बनाउने उनै कान्छाराम तामाङ अहिले सत्ता गठबन्धनको बलमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेर संसद छिर्ने दाउमा छन् ।

पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

म्याग्दी : ठेकेदार कम्पनीले बीचैमा काम छोडेपछि उत्तरी म्याग्दीको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती जोड्ने सडकको कालोपत्रे गर्ने योजना अलपत्र परेको छ।रघुगंगा गाउँपालिकाको महत्वपूर्ण सडक मानिने उक्त सडक खण्ड गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको हो।उक्त सडकको कालोपत्रे योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि सडक कालोपत्रेको काम अलपत्र परेको स्थानीयवासीको भनाइरहेको छ।नि

बेनी–गलेश्वर सडक अलपत्र, बर्खाले गर्दा काम रोकिएको अायोजकको भनाई

छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा विशाल एण्ड विराट…

बेनी–गलेश्वर सडक अलपत्र

बाबियाचौर, म्याग्दी । छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा...