एमालेको अवरोधले फलेवासको नगरसभा बस्न सकेन

पर्वतको फलेवास नगरपालिकाले नगरसभा अझैसम्म बस्न सकेको छैन । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि नगरको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय ४ दिन घर्किसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण नगरसभा बस्न नसकेको नगरप्रमुख गंगाधर तिवारीले रातोपाटीलाई बताए ।फलेवास नगरसभामा एमालेको बहुमत छ । नेकपा एमालेका ३५ नगरसभा सदस्य छन् भने, गठबन्धनका २२ जना नगर सभा सदस्य रहेका छन् । पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्