गाउँपालिकाका पूर्वअध्यक्ष खड्काले २ करोड भ्रष्टाचार गरेको ठहर

काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागाईँ, दुर्गाबहादुर तामाङ, नोर्

सम्बन्धित सामग्री

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद […]

पञ्चपुरीका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर […]

भ्रष्टचारमा दोषी ठहर भएपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ५ वर्ष कैद

बंगलादेशको एक अदालते पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएको छ। २ पटक बंगलादेशकी प्रधानमन्त्री भएकी जियाको मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद अख्तारूज्जामानले यो फैसला गरेका हुन्। जियालाई अनाथ बच्चाका लागि विश्वभरबाट उठेको पैसामध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरिएको हो। अहिले बंगलादेशको प्रतीपक्षी…