राष्ट्रिय सूचना आयोगले सिरहाको सिरहा नगरपालिकालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्ग आयुक्तहरु कमला वली थापा र रत्नप्रसाद मैनालीले सूचना उपलब्ध नगराउनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएका हुन् ।विष्णुपुर गाउँपालिका वडा नम्बर १ का परशुराम साहले सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३२ बमोजिमको सजायको माग दावीसहित आयोगमा पुनरावेदन गरेका थिए । सूचना मागकर्ताको माग दावी ठहर भए, २५ हजारसम्म जरिवाना र विभागीय