बेलायती कार निर्माता कम्पनी रोल्स रोयसले आफ्ना कर्मचारीलाई २ हजार पाउण्ड (३ लाखभन्दा बढी रुपैयाँ) बोनस दिने भएको छ । रुस–युक्रेन युद्धका कारणले विश्वभर बढिरहेको महँगीलाई मध्यनजर गर्दै रोयसले बोनस अफर गरेको हो ।यसरी रोल्स रोयस आफ्ना १४ हजार कर्मचारीलाई उक्त बोनस वितरण गर्ने छ । खासगरी, बेलायतमा ह्वात्तै महँगी बढेपछि कम्पनीले आफ्ना कर्मचारीलाई बोनस वितरणको तयारी गरिरहेको समाचार संस्था बीबीसीले लेखेको छ ।यो बोनसले तल्लोतहका व्यवस्थापक कर्मचारी र शोरुममा बस्ने कर्मचारीलाई बढी लक्षित गरिने छ ।