काठमाडौं । खेलकुदको माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
जितबहादुर खड्का स्मृति पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको कोरोना महामारीका कारण चौँथो संस्करण हुन सकेको थिएन ।
गाउँपालिकाले उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गर्दै यसवर्षदेखि पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको नाममा...