सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो ।
असार २९ मा प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका प्रधानमन्त्री देउवाले डेढ महिना बित्दासमेत पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
आज विहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा पूर्ण रूपमा नमिलेकोले पुनः बस्न...