धनगढी : धनगढीका लागि उडेको श्री एयरको जहाजले पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो। ५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए।‘जहाज इन्डिकेसन (लाइटसम्बन्धी) समस्या देखिएपछि डाइभर्ट भएर आपतकालीन अवतरण गरिएको रहेछ। त्यो समस्या अहिले समाधान भइसकेको छ। केही समयमा फेरि सोही जहाज धनगढीका लागि उड्छ,’ शाहीले भने।