नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता

काठमाडौं । नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी सहयोग नियोग (युएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख डलर सहयोग अनुदान नेपाललाई उपब्ध गराउने छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच पानी जोगाउन हामी कति सक्षम छौँ ?

वर्तमान विश्वका ३ अर्बभन्दा बढी मानिस राष्ट्रिय सिमाना पार गर्ने पानीमा निर्भर छन् । तर, साझा पानीका लागि २४ देशले मात्रै हालसम्म सहयोग सम्झौता गरेका छन् ।

इरान र बेलारुसबीच सहयोग सम्झौता

तेहरान, ३० फागुन । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा […]

एमसीसी अनुमोदनको प्रभाव : दुई महीनामै खर्बभन्दा बढीको सहयोग सम्झौता

काठमाडौं (अस) । प्रतिनिधिसभाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता पास गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ । अमेरिकाले नेपाललाई एमसीसी परियोजनाअन्तर्गत ५०० मिलियन डलर (करीब रू. ६० अर्ब) अनुदानका रूपमा सहयोग गर्ने सम्झौता नेपालको संसद्ले गत फागुन १५ मा अनुमोदन गरेको थियो । अर्थ मन्त्रालयका अनुसार त्यसयता अमेरिकालगायत अन्य दातृ निकायसँग १ खर्बभन्दा बढीको सहयोग सम्झौता भएको छ । अर्थ मन्त्रालयका सल्लाहकार शालिकराम पोख्रेलले १ खर्ब रुपैयाँभन्दा बढीको सम्झौता एमसीसी पासपछि भएको बताए । ‘एमसीसीले नेपालमा वैदेशिक सहायता भित्र्याउन ठूलो सहयोग गरेको छ । अमेरिकासहित अन्य दातृ निकायहरू एमसीसी पासपछि उत्साहित भएका छन्,’ उनले भने । वैशाख २२ गते अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (यूएसएड) र अर्थ मन्त्रालयबीच झन्डै ८० अर्ब रुपैयाँको अनुदानसम्बन्धी सम्झौता भएको छ । ५ वर्षभित्र खर्च गर्ने गरी यूएसएडले नेपाललाई ६५९ मिलियन डलर (करीब रू. ७९ अर्ब ७१ करोड) बराबरको अनुदान सहयोग गर्दै छ । अमेरिकाले नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने प्रयासमा सघाउन यो सहयोग दिन लागेको हो । यो सहायता नेपाल सरकार, नागरिक समाज, निजीक्षेत्रसँग मिलेर नेपालको दिगो विकास लक्ष्य प्राप्त गर्न तथा लोकतान्त्रिक शासन, उद्यमशीलता केन्द्रित आर्थिक वृद्धिमा परिचालन गरिनेछ । वैशाख २१ मा नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (करीब १८ अर्ब रुपैयाँ) ऋण दिने समझदारी भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋणपत्रमा अर्थसचिव मधु मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेसँगै यो ऋण पनि कार्यान्वयनको चरणमा जाँदै छ । अर्थका अनुसार यो सहयोगले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ । यस्तै, सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिँदै छ । यसबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करीब १८ अर्ब) रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेकाले यो ऋण लिन लबिइङ भइरहेको अर्थका अधिकारी बताउँछन् ।

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता

दुई देशबीच शिक्षा, विज्ञान तथा आविष्कार, सूचना प्रविधि, लगानी, व्यापार, पर्यटनका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा सम्बन्धित मन्त्रालयहरूले तयारी गर्ने र परराष्ट्र मन्त्रालयमार्फत भविष्यमा साउदी अरब सरकारसँग सहकार्यका लागि समन्वय...

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ- नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर […]

एमसीसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहज रूपमा निकर्षमा पुर्‍याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ ।

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा […]

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाली विद्युत् प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमानमार्फत ढुवानी गर्ने सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव […] The post वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसीमा सभामुख नै अनिच्छुक

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् ।

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता

संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी