पशुपतिनाथ परिसरमा धुनी जगाउँदै साधुहरू (तस्वीरमा)

काठमाडौं : फागुन १७ गते मंगलबार भोलि यस वर्षको महाशिवरात्रि। गएका दुई वर्ष कोरोना महामारीले महाशिवरात्रिमा समेत पशुपतिनाथ मन्दिर परिसर चकमन्न थियो।तर यसपटक कोरोना संक्रमण ओरालो लागेसँगै पशुपतिनाथमा यस वर्ष धुमधामले मनाउने तयारी पशुपति विकास कोषले गरेको छ। यसका लागि कोषले पशुपतिनाथ परिसर अनेक थरीका फूल र बत्तिले सजिसजाउ बनाइसकेको छ।यसका साथै यसपटक देशभित्रबाटै र भारतका विभिन्न ठाउँबाट समेत पशुपतिनाथमा सयौं साधु, सन्त र नागा बाबाहरूको आगमन भइसकेको छ। दुई वर्षसम्म पशुपति आउन र दर्शन गर्न

सम्बन्धित सामग्री

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा ‘मस्तमगन’ जोगीहरु (फोटो फिचर)

काठमाडौँ- महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथ परिसरमा रौनक छाइसकेको छ। सोमबार अपराह्न पशुपति क्षेत्रमा साधुबाबाहरुको लीला रोचक देखिएको थियो। यद्यपि यस वर्ष साधुबाबाको संख्या अघिल्ला वर्षहरुको तुलनामा कम भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। पशुपतिनाथ क्षेत्रको गौशालादेखि मृगस्थलीसम्म साधुहरुले धुनी जगाएका छन्। आफ्नै सुरमा पशुपतिमा रमाइरहेका साधुबाबाहरुका केही तस्बिर देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेकी छन्।

पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल (फोटोफिचर)

काठमाडौं । हिन्दुहरुको आस्था जोडिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा विश्वभरका हिन्दु धर्मालम्बी जम्मा भएर पूजा आराधना गर्छन् । नेपाल र भारतका विभिन्न स्थानबाट बाबाहरु आउने गरेका छन् । अहिले बाबाहरु आउन सुरु भएको छ । बाबाहरु पशुपतिनाथ मन्दिर परिसरका विभिन्न स्थानमा धुनी जगाएर बस्न सुरु […] The post पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।           विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउनुहुन्छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।