नेपालमा २०६२/०६३ को दोस्रो जनआन्दोलनले सशस्त्र विद्रोहको विधिवत् अन्त्य गर्दै भूमिगत माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । संविधानसभाको चुनाव भयो । गणतन्त्र स्थापना भयो । १० वर्ष ढिलो भए पनि संविधान बन्यो । समानुपातिक–समावेशितासहितको संघीय शासन प्रणाली स्थापना भयो । पहिलो आम चुनावमार्फत बहुमतको सरकार बन्यो । स्थानीय तह र प्रदेशहरू संस्थागत भए । तैपनि देशमा राजनीतिक स्थिरता, सुशासन र विकास हुन सकेन, किन ? शान्ति प्रक्रियामा आएपछि माओवादीले देशमा केही गर्छ कि भन्ने धेरै