कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले नेकपा एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएसँगै अब भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल केन्द्रीत भएको नेताहरुले बताएका छन् । एमालेसँगको वार्ताका क्रममा राप्रपा नेपालले कम्तिमा ३० स्थानीय तहमा दाबी गरेको छ । देशभरका स्थानीय तहमध्ये विभिन्न जिल्लाका स्थानीय तहमा पार्टीको जनाधार रहेको दाबीसहित राप्रपाले ३० स्थानीय तहमा आफ्नो दाबी गरेको हो । यद्यपि दुबैपक्षबीच केन्द्र तथा जिल्लाका साथै स्थानीय