बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यो प्रदेशमा पनि देखिएको हो।हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।बुधबार मात्रै यो प्रदेशमा ५५ जनामा संक्रमण देखिएको छ। त्यसअघि आइतबार पाँचजनामा, सोमबार २८ र मंगलबार ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सुदूरपश्चिम प्रदेशमा बैतडीको झुलाघाट, दार्चु