काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा.हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक ...