डोटी - डोटीको जोरायल गाउँपालिका–२ बुडर धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण कार्य बजेट अभावमा सुस्ताएको छ।
२०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरमा रहेकाे धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै यस क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य सुरुमा निकै तीव्र रुपमा भए पनि अहिले पुनः सुस्ताएको छ।
कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिए पनि बजेट अभावमा निर्माणको काममा ढिलाइ भएको स्थानीयवासी तीर्थराज भण्डारीले जानक...