प्रजातन्त्रवादी चिकित्सक संघले भन्यो- डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नगरे कडा कदम चाल्छौँ

प्रजातन्त्रवादी चिकित्सक संघले सञ्चो अस्पताल हेटौंडामा कार्यरत डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। महासचिव डा संयुक्त आचार्यले बिहीबार विञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीहरुलाई अबिलम्ब छानबिन गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।