ती सुवास, यी सुहाङ

गणतन्त्रमा पनि बाबुको मृत्युपछि छोरोलाई अघि सारेर राजतन्त्रको झल्को दिने ? भन्ने सुहाङमाथि लगाइएको मुख्य ‘लाञ्छना’ हो । तर, के नेताको छोरो हुनु नै राजनीतिमा आउन नपाउने अयोग्यता हो र ? उनी त जनताबाट अनुमोदित हुन चुनावी मैदानमा होमिएका छन् । अनि फेरि पार्टीहरूले युवालाई अवसर दिएनन्, बुढाहरूको मात्रै पार्टी भयो भनेर आलोचना गर्ने फेरि एउटा शिक्षित, शालीन र लामो भविष्य बोकेको युवालाई मौका दिँदा पनि चर्को आलोचना ?