नेपाल राष्ट्र बैंकले सख्खर, चिनी, चिगम, मिनरल वाटर, वियर, चुरोट, खैनी, रक्सी कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।
विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न शर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र –एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा व्याज प्रदान गर्न न...