बोक्सी आरोपमा घिसार्दै कुटपिट

छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले ।