नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले बालुवाटार नसुध्रिएसम्म देश नसुध्रने बताएका छन् । नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनले सुरु गर्न लागेको मार्चपासलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले यस्तो आरोप लगाएका हुन् ।बिहीबार बार प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष मैनालीले बालुवाटार नै भ्रष्टाचारको केन्द्रविन्दु भएको समेत आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको केन्द्रविन्दु भनेकै बालुवाटार हो । यदि यो देशलाई सुधार गर्ने हो भने पहिले