बाढी-पहिरो पीडितको उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।