प्रदेश १, २ र बागमती प्रदेशमा कोरोनाको जोखिम कायमै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा कोरोना महामारीको जोखिम कायमै रहेको बताएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै भोलिदेखि सार्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेका दिन मन्त्रालयले जोमिख कायमै रहेको बताएको हो। राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँगको आजको छलफलकामा मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले तीन प्रदेश अझै जोमिखमै रहेको बताए।