नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रूपमा लिएको छ । काठमाडौं उपत्यकालाई तराई मधेशसँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ ।…