बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो ।अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्यय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई