काठमाण्डाै - युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ ।
मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ । डब्ल्यूएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ४८ लाख क्यान्सरका...