भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद

रुपन्देहीबाट ३ सय ५० बोरा अवैध मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।