दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।