पर्वतमा दलितलाई डेरा पाउन मुस्किल

नेपालको संविधान २०७२ मा जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेदभाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उनी निराश हुँदै फर्किए । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो ग