असार २७ गते भएको १० बुँदे सहमतिबारे नेकपा एमालेको स्थायी कमिटी बैठकमा शुक्रवार छलफल हुने भएको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनलाई एजेण्डा बनाइएको छ ।
बिहीवार बसेको बैठकमा उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य रघुजी पन्तले १० बुँदे सहमतिबारे अध्यक्ष ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेका थिए । बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बुधवार ओलीले १० बुँदे सहमतिको एकतारे नबजाउन आग्रह गरेका थिए ।
बिहीवारको ब...